
काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको छटबाट खसेर गम्भीर घाइते भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले चालक दिलबहादुर थापा सुतेको कोठामा रक्सीको बोतल भेट्टाएको छ । गम्भीर घाइते भएका चालकसँगै पार्टी प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशी पनि सुतेका थिए ।
उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीलाई बयान दिनेक्रममा आफू निदाएको र घटना घटिसकेपछि मात्रै ब्युँझिएको बताएका छन् ।
उनीहरू सुतेको कोठामा रक्सीको बोतल भेटिनुले रक्सीले अनियन्त्रिtत हुँदा छतबाट खसेको हुन सक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया