
काठमाडौं, ४ वैशाख । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालको दुरूपयोग बढेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बास्कोटाले उपनिर्वाचनमा समाजिक सञ्जाल दुरूपयोग बढेको बताएका हुन् । बास्कोटाले सामाजिक सञ्जाल नियमनका लागि कानून खै भन्दै प्रश्नसमेत उठाएका छन् ।
लोकतन्त्रमा सबैलाई बोल्ने, समर्थन आलोचना गर्ने हक भएको भन्दै प्रश्न र जवाफदेहीता भन्दा माथि भने कोही नभएको उनले लेखेका छन् ।
‘लोकतन्त्र त्यो प्रणाली हो जहा सबैलाई बोल्ने हक छ। कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ। प्रश्न र जवाफदेहिता भन्दा माथि कोही छैन।उप निर्वाचनमा सोसल साईट दुरुपयोगले हद नाध्यो। म जान्दिन तर कोलम्बसले अमेरिका पत्ता लगाउनु भन्दा ४०वर्षअघि नै नेपाली कालीगढले चागनारायण बनाका थिए। कानुन खै ?,’ उनले लेखेका छन् ।
लोकतन्त्र त्यो प्रणाली हो जहा सबैलाई बोल्ने हक छ।कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ।प्रश्न र जवाफदेहिता भन्दा माथि कोही छैन।उप निर्वाचनमा सोसल साईट दुरुपयोगले हद नाध्यो।म जान्दिन तर कोलम्बसले अमेरिका पत्ता लगाउनु भन्दा ४०वर्षअघि नै नेपाली कालीगढले चागनारायण बनाका थिए।कानुन खै?
— Gokul Prasad Baskota (@GokulPBaskota) April 17, 2023















प्रतिक्रिया