३ कार्तिक २०८३, मंगलबार

सुनचाँदीको मूल्य स्थिर

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुन पनि आइतबारकै मूल्य प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कोरोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।