३० कार्तिक २०८३, सोमबार

रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेर गम्भिर घाइते

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन-२ उपनिर्वाचनका उम्मेदवार रवि लामिछाने बसेको घरमा उनका सवारी चालक घरको छतबाट खसेर गम्भिर घाइते भएको अवस्थामा भेटिएका छन् ।

आज सोमबार बिहान भरतपुर-११ स्थित लामिछाने बसेको घरको तीन तला माथिबाट खसेर सिन्धुपाल्चोक बाह्रविसे-३ घर भएका ३९ वर्षिय शम्भु भनिने दिलबहादुर थापा गम्भिर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेको समयमा थापा छतबाट खसेर घाइते अवस्थामा भेटिएका हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थापाको खुट्टा र टाउकोमा गम्भिर चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।