२९ आश्विन २०८३, बिहिबार

तीन जना दलित महिला पत्रकारले महाकालीदेखि मेचीसम्म साइकलयात्रा गर्ने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । तीन जना दलित महिला पत्रकारले महाकालीदेखि मेचीसम्म साइकलयात्रा गर्ने भएका छन् ।

समता मिडिया सेन्टर, राष्ट्रिय दलित पत्रकार संघ र जागरण मिडिया सेन्टरको संयुक्त पहलमा साइकल यात्रा गर्न लागिएको हो ।

साइकलयात्रा गर्ने पत्रकारहरूमा रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा र सङ्गीता नेपाली छन् । उनीहरूले यही वैशाख ५ गतेदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट यात्राको सुरुवात गर्ने बताइएको छ ।

साइकल यात्रा १८ देखि २५ दिनको हुने छ । झापास्थित मेचीनगरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।

दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि नेपाल सरकार, सम्बन्धित निकाय, तथा सरोकारवालाहरूको भूमिका केन्द्रित गर्न साइकलयात्रा गर्न लागिएको उनीहरूले बताएका छन् ।