२९ आश्विन २०८३, बिहिबार

नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् ।

ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् ।

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए । त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए ।

राष्ट्र बैंकको निर्देशक पद छोडेर ढुङ्गाना निजी बैंकमा काम गर्न आएका थिए । भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।