
काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्नुभएको छ ।
आइतबार नवनियुक्त परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् । सपथ ग्रहणपछि मन्त्री साउदले आइतबार नै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री साउदले छिमेकीलगायत विश्वभरकै देशसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषयलगायतका विषयमा सचिवहरुसँग जानकारी लिने बताए ।
साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी नेकपा एकीकृत समाजवादी पार्टीकी राष्ट्रियसभा सदस्य नन्दा चापाईले पनि आइतबार नै पद तथा गोपिनीयताको सपथ लिइकी छिन् ।















प्रतिक्रिया