२९ आश्विन २०८३, बिहिबार

सांसदहरूले भने– आफ्नो अक्षमता लुकाउन प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिए (भिडिओ)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । प्रतिनिधि सभाको आज बसेको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिको आलोचना गरेका छन् ।

खासगरी शुक्रबार प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा ‘शान्ति प्रक्रियालगायत समग्र मुलुकको परिवर्तनलाई उल्ट्याउनका लागि ठूलै कसरत भइरहेको’ अभिव्यक्ति दिएका थिए । तर, कसले व्यवस्थामाथि सङ्कट उत्पन्न गर्‍यो भन्नेबारे उनले केही खुलाएका छ्रैनन् ।

उनको सोही अभिव्यक्तिलाई लिएर आज प्रतिनिधि सभा बैठकमा अधिकांश सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

बैठकमा एमाले सांसद ठाकुर गैरेले अहिलेको व्यवस्थामा सङ्कट देखा पर्‍यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरे । उनले के र कुन कारणले व्यवस्थामा सङ्कट परेको हो भन्ने विषयमा संसदमा नै प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने धारणा अघि सारेका छन् ।

गैरेले सबै चूनौती सामना गर्न संसद तयार हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, नेपा जमदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले अहिलेको व्यवस्थामा सङ्कट देखा पर्‍यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले जनतामा भ्रम सृजना गरेको बताए ।

उनले आफ्नो अक्षमतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्रीले झुटा तर्क गरिरहेको जिकिर गरेका छन् ।

यसैगरी आजको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै ‘प्रधानमन्त्री हराएको सूचना’ पढेर कटाक्ष गरे ।

बैठकको शुन्य समयमा सांसद पन्तले पछिल्लोपटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउँदै कटाक्ष गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिम पटक बालुवाटारको छेउछाउ देखिएको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको थियो भने राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक वैशाख ५ गते बोलाइएको छ ।