
काठमाडौं, ३ वैशाख । नेकपा एमालेका नेता योगेश भट्टराईले शान्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मागीखाने भाडो भएको बताएका छन् ।
आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्रचण्ड पटक–पटक सत्तामा पुगे पनि शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा कुनै प्रयास नगरेको टिप्पणी गर्दै प्रचण्डले मागीखाने भाँडो भएको बताएका हुन् ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताउँदै भट्टराईले शान्ति प्रक्रिया प्रचण्डको मागीखाने भाँडो मात्रै भएको बताए । सचिव भट्टराईले प्रचण्ड सरकारमा गएपछि शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई कहिल्यै पनि प्राथमिकता दिन नसकेको जिकिर गरेका छन् ।
यस्तै, उनले वर्तमान सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन् । संसदलाई सरकारले बिजनेज दिने भए पनि अहिलेको सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन् ।
उनले विभिन्न ऐनहरु अघि वढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा व्यक्त गरे ।















प्रतिक्रिया