
काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्ने भएकी छिन् ।
एकीकृत समाजवादीले राष्ट्रिय सभा सदस्य रहेकी चापाईँलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने भएको हो ।
यसअघि नेकपा एसबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।















प्रतिक्रिया