
काठमाडौं, ३ बैशाख । प्रतिनिधि सभाकी सांसद विद्या भट्टराईले सेती खोँचमा बार लगाउन माग गरेकी छिन् ।
आइतबारको प्रतिनिधि सभा बैठकका बोल्दै सांसद भट्टराईले सेती खोँचमा मानवीय क्षति भइरहेको भन्दै तारबार लगाउन माग गरेकी हुन् ।
उनले शनिबार पनि सेती नदीको खोँचमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको घटना सुनाउँदै तत्काल तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् ।















प्रतिक्रिया