
काठमाडौं, ३ बैशाख । समिट एयरको जहाज ठूलो दुर्घटनाबाट बचेको छ ।
लुक्लाबाट आएको जहाज रामेछाप विमानस्थलमा अवतरणका क्रममा पाङ्ग्रा पङ्चर भएको हो ।
अवतरणको क्रममा जहाजको पाङ्ग्रा पङ्चर भएपछि जहाज धावनमार्गको बिचमै अड्किएको थियो ।
समिट एयरको नाइन एन एएमजी कल साइनको जहाजको देब्रेतर्फको पाङ्ग्रा पङ्चर भएको हो । यात्रु र चालक सबै सकुशल रहेका छन् ।















प्रतिक्रिया