मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

दिनभरका TOP 15 NEWS : रवि लामिछानेमाथि घट्यो विश्वास, बढ्यो अविश्वास, रहिनन् राधादेवी

दैनिक नेपाल २०८० वैशाख २ गते २१:४९

काठमाडौं, २ वैशाख । यही वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मतदाताको विश्वास घटेको र अविश्वास बढेको पाइएको छ ।

अमेरिकाबाट फर्किएपछि आफ्नो नागरिकता पुन:प्राप्ती प्रक्रियामा उनले गरेको गल्तीका कारण पुन: निर्वाचन झेलिरहेका मतदाता विगतमाझैं रविप्रति उत्साहित छैनन् । बरु नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारप्रति मतदाताको भरोसा बढ्दो छ ।

युवाको जोश र जाँगरलाई ठिक ढंगले प्रयोगमा ल्याउन परिपक्व नेतृत्वनै चाहिने तथ्य बुझेका मतदाताहरूले रविको विकल्पमा पुन: एमाले–कांग्रेसकै उम्मेदवारलाई आफ्नो क्षेत्रको जनप्रतिनिधि बनाउने सम्भावना बलियो बन्दै गएको छ ।

पछिल्लो समय रविलाई विदेशबाट परिचालित नेता हुन् भन्ने आरोप लाग्ने गरेको छ । यसले रविको छविमा धक्का दिएसँगै चुनाव गुमाउने खतरा बढेको छ ।

हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित