२९ आश्विन २०८३, बिहिबार

संविधान च्यात्नु राम्रो होइन, आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : विमलेन्द्र निधि (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा आज शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा निधिले अहिलेको संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

उनले आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे । नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद बिघटन गरेर जनतामाझ जान पाउने भए पनि संविधानले त्यस्तो व्यवस्था नगरेको उनको भनाइ छ ।

राजनीतिका कारण नेताहरु निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धीको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिए ।