३० आश्विन २०८३, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री भन्छन्– मुलुकमा विदेशी हस्तक्षेप बढ्दा राष्ट्रियता कमजोर बन्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन् ।

आज शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीको २४औं साधारणसभालाई सम्बोधन गर्दै उनले बामपन्थी दलहरु विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदै केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए ।

उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरु समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा व्यक्त गरे । मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए ।

गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै पत्रकारहरुलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गरे ।