
काठमाडौं, २ बैशाख । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका सहायक हवल्दार प्रकाश पुन मगरले जानी जानी गोली नचलाएको बताएका छन् ।
पक्राउ परेका प्रकाशले बयानका क्रममा आफूले नियतवश गोली नचलाएको बताएका हुन् । तीर्थमाली प्रकाशकी हजुरआमा पर्छिन ।
नयाँ वर्षको अवसरमा पारिवारिक जमघटका क्रममा प्रकाश पनि गैरीधारास्थित तीर्थमाली बस्दै आएको घरमा पुगेका थिए । त्यसक्रममा प्रकाशले बोकेको पेस्तोलबाट गोली चलेको थियो ।
गोली तीर्थमायाको खुट्टामा लागेको छ । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।















प्रतिक्रिया