
काठमाडौं, २ बैशाख । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरमाथि गोली प्रहार गर्ने सहायक प्रहरी हवल्दार प्रकाश पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले तीर्थमालीलाई गोली हानेपछि पेस्तोल छोडेर भागेका खुलेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रकाशले छोडेर भागेका प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ । प्रहरीले प्रकाशलाई बागडोलबाट पक्राउ गरेको हो। उनलाई नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ।















प्रतिक्रिया