३० आश्विन २०८३, शुक्रबार

इलाम माइपोखरी म्याराथनमा को–को बने विजयी ? (भिडिओसहित)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १ वैशाख । इलाम–माइपोखरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई विजयी भएका छन् ।

आज शुक्रबार ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम भएका हुन् ।

यस्तै, पुलिसकी पछाई २१ दशमलव १ किलोमिटरको दूरी एक घण्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गर्दै महिलातर्फ प्रथम भएकी छिन् । प्रथम हुने आर्मीका श्रेष्ठले दुई लाख ५० हजार रुपियाँ र महिलातर्फ प्रथम हुने पुलिसकी पछाईले नगद एक लाख रुपियाँ हात पारेका छन् ।

म्याराथनमा पुरुषतर्फ आर्मीकै मोहनदेव जोशी दोस्रो र आर्मीकै बेद सुनुवार तेस्रो भएका छन् । जोशीले तीन घण्टा पाँच मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । जोशीले एक लाख ५० हजार नगद हात पारे ।

तेस्रो हुने सुनुवारले तीन घण्टा पाँच मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै एक लाख नगद पुरस्कार प्राप्त गरे । पुरुषतर्फ ९७ धावक सहभागी भएका थिए । महिलातर्फ सशस्त्र प्रहरीको एपीएफकी पुष्पा भण्डारी दोस्रो भइन् ।

भण्डारीले एक घन्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद ५० हजार पुरस्कार पाइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घन्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् ।

विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले पुरस्कार प्रदान गरे । प्रतियोगिताको आयोजना ईलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दुल गण ईलामले संयुक्त रुपमा गरेका थिए ।