३० आश्विन २०८३, शुक्रबार

तीन उम्मेदवारलाई विशेष शुभकामना दिदै एमाले अध्यक्ष ओलीले के भने ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मैदानमा रहेका आफ्ना तीन जना उम्मेदवारलाई विशेष शुभकामना व्यक्त गरेका छन् ।

बारा निर्वाचन क्षेत्र नं. २ का पुरुषोत्तम पौडेल, चितवन निर्वाचन क्षेत्र नं. २ का रामप्रसाद न्यौपाने र तनहुँ निर्वाचन क्षेत्र नं. १ का सर्वेन्द्र खनालाई नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ भूमिकाका लागि ओलीले शुभकामना व्यक्त गरेका हुन् ।

नयाँ वर्ष शुभारम्भको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारहरू पौडेल, न्यौपाने र खनाललाई नयाँ भूमिकाका लागि शुभकामना दिएका हुन् ।

यस्तै, अध्यक्ष ओलीले तीनै जनालाई वैशाख १० गतेको उपनिर्वाचनपछि संसदमा स्वागत गर्ने पर्खाइमा आफू रहेको पनि उल्लेख गरेका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ–१ र बारा–२ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुन: नागरिकता प्राप्तीको प्रक्रियामा त्रुटी गरेका कारण सांसद पद खारेज हुँदा खाली भएको चितवन–२ मा आगामी १० गते उपनिर्वाचन हुँदै छ ।

निर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा एमालेको राम्रो माहोल निर्माण भएको र एमालेकै उम्मेदवार विजयी हुने दाबी नेताहरूको छ ।