३० आश्विन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल ‘सुप्रवल जनसेवाश्री’बाट विभूषित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । एनआईसी एशिया बैंकका सल्लाहकार एवम् संस्थापक अध्यक्ष जगदीश अग्रवाल ‘सुप्रवल जनसेवाश्री’ बाट विभूषित भएका छन् ।

आज शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अग्रवाललाई विभूषण प्रदान गरेका हुन् ।

विभूषण प्राप्त गर्ने अग्रवाल प्रतिष्ठित उद्योगीका रुपमा समेत परिचित छन् । उनी ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा योगदान पुर्‍याउँदै आएका छन् । हाल उनी विशाल ग्रुपको अध्यक्ष समेत छन् ।

सल्लाहकार एवम् संस्थापक अध्यक्ष विभूषित भएकोमा अग्रवाललाई बैंकले हार्दिक बधाई ज्ञापन गर्नाका साथै राष्ट्रपतिप्रति कृतज्ञता जाहेर गरेको छ ।