२९ आश्विन २०८३, बिहिबार

दुई जना पुरुषले गरे १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १ वैशाख । उदयपुरमा दुई जना पुरुषले एक १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका छन् ।

बालिकालाई जबरजस्ती गरेको अभियोगमा कटारी नगरपालिका–५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीर बहादुर राई र ६६ वर्षीय खड्ग बहादुर राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकलाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्ग बहादुरले बुधबार जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।