३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेविरुद्ध पत्रकार भण्डारीद्वारा अख्तियारमा उजुरी दर्ता

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

भण्डारीले आज शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएको बताएका छन् ।

गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधि बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीको आरोप छ ।