३० आश्विन २०८३, शुक्रबार

एमाले बलियो नबने मुलुक जोगिदैन : गोकर्ण विष्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नेकपा एमालेका सचिव गोकर्ण विष्टले मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताएका छन् ।

मिसन ग्रासरुट अभियानअन्तर्गत बिहीबार काठमाडौ जिल्ला कमिटीको समीक्षा बैठकमा उनले राजनीति स्थायित्व र विकास एमालेबिना सम्भव नरहेको बताउँदै अर्को निर्वाचनबाट तीन वटै तहको सरकार एमालेले बनाउनेगरी पार्टी निर्माणमा लाग्नुपर्ने विचार व्यक्त गरेका हुन् ।

अहिले एमालेविरुद्ध देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू लागिरहेको चर्चा गर्दै पार्टी संगठन बलियो र प्रभाकारी बनाएर त्यस्ता जनबिरोधी प्रतिक्रियावादी तत्वलाई परास्त गर्नुपर्ने बताएका छन् ।