३० आश्विन २०८३, शुक्रबार

नेकपा एसले पार्टीको अभिलेखबाट हटायो सिनियर नेता मुकुन्द नेउपानेको नाम

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द नेउपानेको नाम हटाएको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता नेउपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको हो ।

पार्टीमा छँदा न्यौपानेले लगाएका आरोपहरु खण्डन गर्न पनि लायक नरहेको निष्कर्ष बैठकले निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले आगामी वैशाख ९ गते देशव्यापी रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

नेकपा एस दक्षिणपन्थको शरणमा लिप्त भएकाले पार्टीको कुनै भविष्य नरहेको निष्कर्ष निकाल्दै नेउपानेले चैत २५ गते पार्टी परित्या गरेका थिए । पार्टीको तेस्रो बरियतामा रहेका नेता नेउपाने पुरानै पार्टी एमाले फर्किने तयारीमा रहेको बताइएको छ ।