३० आश्विन २०८३, शुक्रबार

मुलुकलाई सङ्कटबाट मुक्त गर्न राष्ट्रवादीहरू एकजुट हुनुपर्छ : कमल थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको सङ्कटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दुबादी पक्षधर शक्तिहरु केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ–आफ्नो ठाउँबाट लचकता अपनाउदै एकतामा आउनुपर्नेमा जोड दिएका हुन् ।

मुलुकको व्यवस्था मात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा चिन्ता व्यक्त गर्दै थापाले आर्थिक विकास, समृद्धि र देश निर्माण मृगमरीचिका बनेको बताए ।

वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घर झै ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका, व्यबस्थापिका र कार्यपालिका राजनीतिको छायाँमा परेकोमा चिन्ता व्यक्त गरे ।

ठूला दलहरुको अदुरदर्शिता र अकर्मण्यताको कारण विदेशी चलखेल र प्रभाव बढेको, कानुनी मान्यतामाथि हमला गरिएको सिमित राजनीतिक दलका सिमित नेताहरुको सिन्डिकेटतन्त्र हाबी भएको भन्दै थापाले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने अग्नि परीक्षामा उच्च मनोबलसहित खरो रुपमा उत्रन नयाँ वर्षले सबैमा प्रेरणा दिने समेत थापाले विश्वास व्यक्त गरे ।