३० आश्विन २०८३, शुक्रबार

स्वास्थ्य, शिक्षा, पूर्वाधार र खानेपानी समस्या समाधान गर्छु : एमाले उम्मेदवार पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १ वैशाख । निर्वाचन नजिकिएसँगै बारा क्षेत्र नम्बर २ को राजनीति तातिदै गएको छ ।

चुनावी प्रचारका लागि राजनीतिक दलका उम्मेदावारहरुले घरदैलो, भेला, बैठक गरिरहेका छन ।

यसैबीच नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेललाई विजय बनाउन देबताल गाउँपालिकास्तरीय चुनाबी कार्यक्रम सम्पन्न भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले बारा–२ बाट जितेर जाने प्रतिनिधिले स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधारमा ध्यान नदिएको बताउँदै अब यी समस्या आफूले समाधान गर्ने बताएका छन् ।

बारा–२ मा सञ्चार नेटवर्कको पनि समस्या रहेकाले त्यसलाई आफूले तत्काल समाधान गर्नेथरी पहल गर्ने उनको भनाइ छ ।

कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम नगरेका कारण सप्तरीमा उपेन्द्र यादवलाई हराएको र बाराबासीले पनि धुलो चटाउने दाबी गरे ।

त्यसैगरी पोलिटब्युरो सदस्य ज्वाला साहले यस क्षेत्रमा जातका कुरा नभइ जनताको काम गर्ने उम्मेदवारलाई रोज्न आग्रह गगरिन् । प्रमोद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एकवाल मियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी उम्मेदवार पौडेलले सुवर्ण गाउँपालिकामा घरदैलो तथा मतदातासँग भेटघाट गरेका छन् ।