२९ आश्विन २०८३, बिहिबार

अर्थतन्त्रलाई तहसनहस पार्ने नेक्सस तोड्नेछु : उम्मेदवार सर्वेन्द्र खनाल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १ वैशाख । नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं १, प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेदवार सर्वेन्द्र खनालले देशमा भएको अर्थतन्त्रलाई तहसनहस पार्ने नेक्सस तोड्ने बताएका छन् ।

देशको अर्थतन्त्र सीमित व्यक्तिको हातमा भएको हुदाँ त्यो अवस्थालाई तोड्न आफू सक्षम रहेको बताएका हुन् । सीमा नाकामा हुने तस्करीलाई आफूले कारबाही गरेर कानुनी राज्यको प्रत्याभूत गराएको हुँदा अर्थतन्त्र सवल बनाउन आफूले त्यो नेक्सस तोड्ने बताए ।

फरक प्रसङ्गले देशमा वित्तीय सङ्कट निम्तिएको र जसले गर्दा आम जनतामा आक्रोश पैदा भएको हुँदा त्यसलाई बनाए र समाधान खाजिुपर्ने उनको भनाइ छ । जनताको अधिकारलाई संसदमा उठाएर त्यसको व्यावहारिक कार्यान्वयमा आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

आफनो उम्मेदवारी सबैको हितका लागि भएको हुँदा कुनै पनि स्वार्थ आफूमा नभएको उनको भनाइ छ । सबैको अनुहार हँसिलो बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।

नेपाल र नेपालीको शीर उचो हुनेगरी काम गर्ने आफ्नो लक्ष्य भएको हुँदा जनताको विश्वास नतोड्ने समेत खनालले बताएका छन् ।