२९ आश्विन २०८३, बिहिबार

मुलुकको परिवर्तनलाई उल्ट्याउन ठूलै कसरत भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनलाई उल्ट्याउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् ।

पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगाएत समग्र मुलुकको परिवर्तनलाई उल्ट्याउनका लागि ठूलै कसरत भइरहेको बताएका हुन् ।

अहिले माओवादीको नेतृत्वका सरकार रहेका कारण परिवर्तनहरु उल्टिन नसक्ने जस्तो लागे पनि स्थिति सहज भने नरहेको उनले बताएका छन् । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने धारणा व्यक्त गरेका छन् ।