३० आश्विन २०८३, शुक्रबार

बालेनलाई सरकारको सुझाव : तपाइँ गलत बाटोमा हुनुहुन्छ, कानुन कार्यान्वयनमा जानुस् (भिडिओ)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ गलत बाटोमा हिँडिरहेको बताएको छ ।

सरकारलाई दबाब सृजना गर्ने बहानामा सिंहदरबार र शीतलनिवासलगायत स्थानको फोहोर नउठाउने महानगर प्रमुख बालेनको कदम कानुनविपरीत भएको ठहर गर्दै सरकारले बालेनलाई कानुन कार्यान्वयनमा जान सुझाव समेत दिएको छ ।

आज बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरका प्रमुखको अडान कानूनबिपरीत छ । जिम्मेवार व्यक्तिले कानूनबिपरीतका कदम चलाउन हुँदैन ।’

उनले कसैले पनि जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने भन्दै समयमा नै फोहोर उठाएर कानून कार्यान्वयनमा जान सुझाव दिएकी छिन् ।