३० आश्विन २०८३, शुक्रबार

मन्त्रिपरिषद्को निर्णय : नेपालको झण्डा सगरमाथामा फहराइने, पर्वतारोहणका लागि जुगल खुला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । सन् २०२३ को बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ ।

सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डाका साथै नेपाल प्रहरी र अन्तराष्ट्रिय प्रहरी संगठनको झण्डा फहराइने भएको हो ।

आज बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले झण्डा फहराउने कार्यका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सगरमाथा हिमालचूली आरोहण अनुमतिका लागि लाग्ने सलामी दस्तुर छुट दिने निर्णय भएको जानकारी दिइन् ।

यस्तै, बैठकले जुगल हिमश्रृखला अन्तर्गतका हिमचूलीहरु पर्वतारोहणका लािग खुल्ला गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्ले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषद् गठन आदेश २०७५ को अनुसूचि संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकार साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्नका लागि अघि बढेको भन्दै अहिले गठबन्धन दलहरुबीच कुनै समस्या नभएको बताइन् । उनले सरकारप्रति खबरदारी गर्ने कुरालाई नकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

प्रवक्ता शर्माले सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरका प्रमुखको अडान कानूनबिपरीत गरेको भन्दै जिम्मेवार व्यक्तिले कानूनबिपरीतका कदम चलाउन नहुने बताइन् ।

उनले कसैले पनि जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने भन्दै समयमा नै फोहोर उठाएर कानून कार्यान्वयनमा जान सुझाव दिइन् ।