
काठमाडौं, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बनमा परेका सांसद ढाकाकुमार श्रेष्ठले कोर टीमका सदस्यको खुलासा गरेका छन् ।
श्रेष्ठले कोर टीममा पार्टी सभापतिसमेत रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडेल, उपसभापति डोलप्रसाद अर्याल र केन्द्रीय सदस्य दीपक बोहोरा रहेको खुलासा गरेका हुन् ।
पार्टीको अनुशासन आयोगमा बयान दिने क्रममा श्रेष्ठले अर्याल, पौडेल र बोहोराको नाम लिएका स्रोतले जानकारी दिएको छ । श्रेष्ठले बुधबार बयान दिने क्रममा आफूलाई पार्टीले कारबाही गरे कोर टीमको खुलासा गर्ने बताएका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
यसअघि बुधबार साँझ सभापति लामिछानेले सामाजिक सञ्जालमा लेख्दै बिना प्रमाण श्रीमती निकितामाथि आरोप लगाइएको भन्दै श्रीमतीको बचाउ गरेका थिए ।















प्रतिक्रिया