
काठमाडौं, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई करोड मागेको अडिओ प्रकरणमा ढाकाकुमार श्रेष्ठलाई दोषी ठहर गर्दै निलम्बन गरेपछि विन्दबासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने भएको छ ।
बुधबारको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई कारबाही गर्दै कंसाकारलाई सांसद बनाउने निर्णय गरेको हो ।
सांसद बन्न लागेकी कंसाकार एसिड आक्रमण पीडित हुन् । उनीमाथि २०७० सालमा एसिड आक्रमण भएको थियो । उनीमाथि आक्रमण गर्ने भारतीय नागरिक कमलराज केंसारलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो ।
एसिड आक्रमणमा पर्दा कंसाकार ‘प्लस टू’ अध्ययनरत थिइन् । अहिले उनी बैंकको जागिरे हुन् । उनी कुमारी बैंकमा कार्यरत छिन् ।















प्रतिक्रिया