
काठमाडौं, ३० चैत । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि पुन: निर्वाचन हुने भएको छ ।
कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन: मतदान हुने भएको हो । दोस्रो चरणमा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठ भिड्ने छन् ।
पहिलो चरणमा तेस्रो भएका रामचन्द्र संघई भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
श्रेष्ठले ३७.९९ प्रतिशत मत पाएका छन् । यस्तै, उमेशलाल श्रेष्ठले कुल ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत पाए ।















प्रतिक्रिया