३ कार्तिक २०८३, मंगलबार

घर फर्किइन् अस्पतालमा ३८ दिनदेखि बन्धक बनेकी मन्तोरिया

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । धनुषाको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धक बनेकी सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन् ।

अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो । नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको जानकारी दिए ।

मन्तोरियालाई घर फर्काउन नगरप्रमुख यादवले एक लाख सहयोग गरेका छन् । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको हो ।

गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेकी थिइन् ।

उनले उपचारवापत आठ लाख ७४ हजार तिर्न बाँकी थियो । तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन् ।