७ कार्तिक २०८३, शनिबार

मेगा क्यापिटलले सुरु गर्‍यो लगानी व्यवस्थापन सेवा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानीसम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पुर्‍याउने आशा क्यापिटलले लिएको छ ।

न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने र उक्त सेवा २०८० वैशाख महिनाभरिको लागि मात्र लागू हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको कम्पनीले जनाएको छ।

लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीहरुमध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको कम्पनीले जनाएको छ ।