१ कार्तिक २०८३, आइतबार

ब्यारेकभित्रै गोली चल्यो, चारजना सैनिकको मृत्यु

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । भारतको पञ्जाबमा अवस्थित बठिन्डा सैनिक ब्यारेकमा गोली चल्दा चारजना सैनिकको मृत्यु भएको छ ।

बुधबार बिहान ४ बजेर ३५ मिनेट जाँदा ब्यारेजभित्र गोली चलेको हो । सिभिल पोसाकमा रहेका व्यक्तिले गोली चलाएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । तर, कसले गोली चलाएको भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन ।

सेनाले उक्त क्षेत्र सिल गरेर खोजतलास गरिरहेको छ । भारतीय प्रहरीले भने ब्यारेज भित्रकै सदस्यले गोली चलाएको आशंका गरेको छ । यद्यपी प्रहरीलाई पनि ब्यारेजभित्र प्रवेश गर्न दिइएको छ्रैन ।

केही दिनअघि ब्यारेजभित्रैबाट इनसास राइफल हराएको थियो । सोही हतियारले गोलीकाण्ड मच्चाइएको हुन सक्ने अनुमान गरिएको छ ।