२९ आश्विन २०८३, बिहिबार

लघुवित्त पीडितहरूद्वारा आमरण अनशन घोषणा, मुक्ति दिने वा मार्ने सरकारको जिम्मा (मागसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको माग गर्दै आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले लुघुवित्त संस्थाविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा आगामी वैशाख ५ गतेदेखि आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

यस्तै, जारी संघर्षका कार्यक्रमलाई पनि थप आक्रामक बनाउने रणनीति उनीहरूले बनाएका छन् । ५८ लाख दिदिबहिनीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेको र न्यायका लागि आमरण अनशन बस्न लागिएको उनीहरूको भनाइ छ ।

उनीहरूले ‘सरकार ! कि हामीहरुलाई मुक्ति देउ, कि गोली हानिदेउ’ भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् । चैत २१ गतेदेखि माइतीघर मण्डलामा अनशनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याएको बताएका छन् । उनीहरुले आफूहरु घरमा बस्नै नसक्ने अवस्था सिर्जना भएको समितिका अध्यक्ष ज्ञवालीले बताए ।

पीडितहरुको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याने लघुवित्तले कायौंको ज्यान लिइसकेको र सयौंलाई विस्थापित गरिसकेको उनको भनाइ छ । ज्ञवालीले न्यायको निम्ति आफूहरुले निष्कर्षसहित अन्तिम लडाइँका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको पनि बताए ।

यस्ता छन् थप संघर्षका कार्यक्रम :–

१. चैत्र २९ गतेदेखि वैशाख २ गतेसम्म वडा र स्थानीय तहहरुमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीकाविरुद्ध प्रतिरोध गर्ने ।

२. २०८० साल वैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक बिस्तारमा सुत्ने ।

३. वैशाख ५ गते अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा आमरण अनशन बस्ने ।

४. पीडितलाई स्वत:रुफूर्त रुपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने ।

५. माग पूरा नभए वडा, स्थानीय तह हुँदै केन्द्रसम्म आन्दोलन शसक्त बनाउने ।