३० आश्विन २०८३, शुक्रबार

वैशाख १० को उपनिर्वाचन एमालेले नजिते राष्ट्रियता कमजोर हुन्छ : पद्मा अर्याल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनुहँ, २८ चैत । नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन पार्टी–पार्टीबीचको प्रतिस्पर्धा मात्रै नभएर राष्ट्रवाद र राष्ट्रघातबीचको लडाइँ भएको भन्दै एमालेले जित्नैपर्ने बताएकी छिन् ।

तनहुँ क्षेत्र नम्बर १ मा पार्टीको महिला निर्वाचन परिचालन समितिको महिला विस्तारित बैठकलाई सम्बोधन गर्दै आज उनले एमाले जिताउन सबै तह र तप्का परिचालित हुनुपर्ने बताइन् ।

यो चुनाव विकास र समृद्धि चाहाने र विकासविरोधी तथा स्वाभिमान चाहाने र गुलाम गर्नेबीचको प्रतिस्पर्धा पनि भएको उनको भनाइ छ । त्यसैले एमालेलाइ जिताउनुपर्नेमा उनले जोड दिएकी छिन् ।

पार्टी सचिव अर्यालको प्रमुख आतिथ्यता, महिला परिचालन समितिकी संयोजक कलाकुमारी ढकालको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिकी संयोजक भगवती न्यौपानेको सहभागितामा बसेको बैठकले गाउँ, वडा तथा टोल–टोलमा महिलाहरुलाई निर्वाचन परिचालन गर्ने योजना बनाएको छ ।