३० आश्विन २०८३, शुक्रबार

थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि, १३ जना आईसीयुमा, सक्रिय संक्रमित कति ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ४३६ जनाको स्वाब परीक्षण गर्दा १०६ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र एक हजार ९६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १२४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित निको भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४६९ जना छ । सक्रिय सङ्क्रमितमध्ये २४ जना आइसोलेसन, १३ जना आईसीयू र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।