२९ आश्विन २०८३, बिहिबार

नीति र सिद्धान्तहीन वर्तमान गठबन्धन लामो समय टिक्दैन: खगराज अधिकारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २८ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले नीतिहीन र सिद्धान्तहीन काङ्ग्रेस–माओवादीलगायत वर्तमान गठबन्धन छिट्टै टुट्ने बताएका छन् ।

सहिद लखन थापा गाउँपालिका कमिटी गोरखाद्वारा आयोजित कार्यकर्ता भेलामा अधिकारीले माओवादी कम्युनिष्टको नाम बेचेर सत्ताका लागि सम्झौता गर्ने नक्कली कम्युनिष्ट भएको बताए ।

‘न माओवादी पहिलेको माओवादी रह्यो न बीपीको कांग्रेस रह्यो यो सत्ताका लागि बनेको सिद्धान्तहीन गठबन्धन हो, लामो समय टिक्दैन हेर्दै जानुहोला,’ उनले भने । आफ्नो पद जोगाउन सत्ताका लागि कांग्रेसलाई बोकेर हिड्नेहरू कम्युनिष्ट पार्टी र कम्युनिष्ट हुन नसक्ने उनको भनाइ छ ।

वर्ग शत्रुसँग जोडिएर सत्ताका लागि सम्झौता गर्नेहरू कम्युनिष्ट हुन नसक्ने बताउँदै उनले जनता र कार्यकर्ताको शीर तल पर्ने गरी एमालेले कहिल्यै काम नगर्ने विश्वास व्यक्त गरे ।