
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ ।
संसद भवनको एक नम्बर गेट अगाडि एक जना युवकले आत्मदाहको प्रयास गरेका हुन् ।
पहिचान नखुलेका ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए । तर, उनलाई तत्काल प्रहरीले उद्धार गरेको छ ।
यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए ।















प्रतिक्रिया