आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, विदेशबाट पनि मतदान गर्न पाइने

दैनिक नेपाल २०७९ चैत २३ गते २१:५६

काठमाडौं, २३ चैत । वर्तमान सरकारको संयुक्त नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच १० दलीय गठबन्धनले आपसी सहमतिमा तयार गरेको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

जसपाका बरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठले न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका थिए ।

सरकारको साझा न्यूनतम कार्यक्रममा संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन/विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सङ्घीयता कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–

प्रतिक्रिया
सम्बन्धित