१ कार्तिक २०८३, आइतबार

फिनल्याण्डकी प्रधानमन्त्री पार्टी अध्यक्ष र सरकार दुवैबाट हट्ने घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेलसिन्की, २३ चैत । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।

उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेपनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट अर्को अध्यक्षको चयन नहुँदासम्म उक्त जिम्मेवारीमा रहने बताएकी छन् ।

आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको दल कन्जरभेटिभ नेसनल कोलिशन पार्टी र दक्षिणपन्थी फिन्स पार्टीभन्दा पछि अर्थात् तेस्रो स्थानमा आएको छ ।

मरिनले संसद्मा साधारण सांसदको रूपमा रहनुभन्दा पहिले नयाँ सरकार गठनका बारेमा परामर्शमा आफ्नो पार्टीको नेतृत्व गर्ने बताउँदै आफुले बिहीबार प्रधानमन्त्रीबाट राजीनामा दिने र कामचलाउ हैसियतमा रहने बताइन् ।

मरिनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफू राष्ट्रपतिपदका लागि उम्मेदवारी नदिने बताएकी छन् ।

सन् २०१९ को अन्त्यतिर मारिनले आफ्ना पूर्ववर्ती एन्टी रिन्नेको राजीनामापछि प्रधानमन्त्री पद सम्हालेकी थिइन् ।

फिनल्याण्डमा नयाँ सरकार गठनका लागि आगामी हप्तादेखि नेसनल कोलिशन पार्टीका प्रमुख पेट्टेरी ओर्पोको नेतृत्वमा वार्ता सुरु हुने भएको छ । सिन्ह्वा