३ कार्तिक २०८३, मंगलबार

सरकारले सोचेजस्तो लय समात्न सकेन: गगन थापा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले तीव्र रुपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताएका हुन् ।

थापाले अहिलेको सरकारलाई हिडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए । उनले गएको १०–१५ बर्ष खेर फालेको भन्दै अब कांग्रेस समेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरे ।

पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महशुस जनतालाई हुने उनको भनाइ छ । उनले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौती गरेर अप्ठेरो अवस्थालाई सहज बनाउनुपर्ने बताए ।

थापाले प्रधानमन्त्री र मन्त्रीहरुले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने धारणा राखे ।