३ कार्तिक २०८३, मंगलबार

नेपालका जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एडिबी इच्छुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपालमा जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एसियाली विकास बैंक ९एडिबी०ले इच्छा व्यक्त गरेका छन्।

बुधबार अर्थमन्त्री प्रकाशशरण महतसँग विश्वबैंक र एसियाली विकास बैंकका अधिकारीहरूले भेट गरी जलविद्युत र सडक क्षेत्रको विकासका लागि सहयोग गर्ने इच्छा व्यक्त गरका हुन्।

‘एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्,’ भेटपछि अर्थमन्त्री महतले भने।

त्यस्तै सडक आयोजनाहरूमा पनि बजेट सहयोग गर्न इच्छुक देखिएको अर्थमन्त्री महतले जानकारी दिए।

छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन्।

विश्व बैंक र एडिबीको सहयोगमा सञ्चालित परियोजनाको कार्यान्वयनबारे उनीहरूले चासो राखेका थिए। नयाँ विकास परियोजना र कार्यक्रमका विषयमा पनि छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए।

अर्थमन्त्री महतले नेपाललाई सहुलियतपूर्ण ऋण प्रदानलाई प्राथमिकता दिन आग्रह गरेका छन्।