३ कार्तिक २०८३, मंगलबार

विनोद चौधरीले धनीको सूचीमा मारे छलाङ्, कति छ उनको सम्पत्ति ?

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपालका सर्वाधिक धनाढ्य विनोद चौधरीले विश्व वरियतामा छलाङ् मागरेका छन् ।

चौधरी विश्वका अर्बपतिहरूको सूचीमा १६४७औँ नम्बरमा परेका छन् । चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको छ ।

यो उनको सम्पत्ति विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो। चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन्। चौधरी दक्षिण एसियामा भारतीय अर्बपतिबाहेक एक मात्र अर्बपति हुन् ।

सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन् । फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् ।