
काठमाडौं, २२ चैत । चितवन-२ को उपनिर्वाचनका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराज पौडेल सफलले दिएको उजुरी स्वत: खारेज भएको छ ।
पौडेलले मंगलबार रविको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो।















प्रतिक्रिया