३ कार्तिक २०८३, मंगलबार

आज भोलिमा मन्त्रिपरिषद्ले शतप्रतिशत पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भोलिमा मन्त्रिपरिषद्ले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।

काठमाडौंमा आयोजित सहकारीकर्मीको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अहिले आफूहरूको ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनमा लागेको भन्दै आज भोलिमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

‘सरकारले करिब-करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,’ प्रधानमन्त्रीले भने ।

सम्मेलनमा प्रचण्डले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताए । सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित तुल्याउनुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।

‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीतिक कस्तो हुने, अर्थनीति कस्तो हुने, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ। त्यही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो। समाजवादउन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो। तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ,’’ उनले भने ।