३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्यले कायम गर्‍यो फेरि नयाँ रेकर्ड, कतिमा कारोबार भइरहेको छ ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा २ हजारले बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला एकलाख १० हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँले बढेको छ । चाँदी प्रतितोला एकहजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।