
काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
युवराज पौडेलले लामिछानेलाई राहदानी विवादमा क्लिन चिट दिने निर्णयविरूद्व मुद्दा दायर गरेका थिए । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।
लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
पौडेलले लामिछानेलाई क्लिन चिट दिने निर्णय गरेका महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालयसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका हुन् ।















प्रतिक्रिया